०९ असार २०८३, मंगलबार

असारमा बजेट सक्ने हतारो, २ महिनाको खर्च ३ दिनमै स्वाहा !

असार ११, २०७५
असारमा बजेट सक्ने हतारो, २ महिनाको खर्च ३ दिनमै स्वाहा !
फाइल फोटो

काठमाडौं, ११ असार – सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)सम्मको पुँजीगत खर्च चार अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो ।

आर्थिक वर्षको अन्तिम महिना असार महिना लागे लगत्तैका तीन दिन (३, ४ र ५ गते) को खर्च त्योभन्दा बढी अर्थात् चार अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ ।

सरकार, योजना आयोग र संसदीय समितिहरूले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरू यो वर्ष पनि विगतकै झैं उल्लंघन हुने निश्चितप्रायः बनेको छ ।

असार लागेलगत्तै खर्चको आकार बढ्न थाले पनि शनिबारसम्म पुँजीगत खर्चको प्रगति निराशाजनक छ ।

कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्