१२ असार २०८३, शुक्रबार

वीरगञ्ज महानगरपालिकाको विकास निर्माणको काम प्रभावित हुने

वीरगञ्ज महानगरपालिकाको विकास निर्माणको काम प्रभावित हुने

वीरगञ्ज, १२ असार – वीरगञ्ज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने भएको छ । 

बन्दसत्रमा १ सय ६२ सदस्यमध्ये १ सय १९ सदस्यले बहिष्कार गरेपछि हालसम्म परिषद् बैठक स्थगित छ । जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको परिषद् सम्पन्न भइसके पनि वीरगञ्जको परिषद् सदस्यको बहिष्कारका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको हो । 

महानगरपालिकाको वडाध्यक्षले पाउने सेवा सुविधाजस्तै आफूहरूले पनि पाउनुपर्ने माग राख्दै नगर सदस्यहरुले परिषद्को बन्दसत्र बहिष्कार गरेका हुन् । मासिक तलब १० हजार रुपैयाँ, मासिक १० वटा बैठक, भ्रमण भत्ता, औषधि भत्ता, बीमा व्यवस्था, मोटरसाइकल सुविधा, मासिक १० लिटर इन्धन, वडाको विकासे बजेटमध्ये ६० प्रतिशत बजेट नगर सदस्यले खर्च गर्ने गरी बाँडफाँड हुनुपर्ने लगायत माग गर्दै परिषद्को वहिष्कार गरेको वडा नम्बर ५ का सदस्य सुरज कुर्मीले बताए ।

महानगरपालिकाका प्रमुख विजय सरावगीले नीति तथा कार्यक्रम पारित गर्न आवश्यक ३३ प्रतिशत बहुमत आफूसँग भएको बताए । उनले कानूनविपरीत कुनै काम नगर्ने बताए । महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले आर्थिक वर्ष २०७५/७६ को लागि ४ अर्ब ९४ करोड ३१ लाख ७७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्