
विश्वकप फुटबलको अन्तिम १६ मा अर्जेन्टिनाले स्थान बनाएको छ ।
नाइजेरियालाई जित्नै पर्ने र आइसल्याण्डले आफूले भन्दा ठूलो अन्तरले जित्ननहुने दबाबकाबीच मंगलबार राति खेलिएको खेलमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी र मार्केस रोजोले गोल गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
नाइजेरियाको खेल पूर्व अर्जेन्टिनाका लियोनल मेस्सी भने अर्जेन्टिनाको जितमा ढुकक् थिए ।
नाइजेरियालाई जित्दामात्र एक अंक रहेको अवस्थाबाट अन्तिम १६ मा स्थान बनाउन सकिनेमा मेस्सी ढुक्क थिए ।
मेस्सीले सुरुवातदेखि नै उत्कृष्ट खेले र १४ मिनेटमा नै गोल गरे । विश्वकप फुटबलमा बार्सिलोनाका खेलाडी १०० औं गोल गर्ने रेकर्ड मेस्सीले नै राखे ।
खेलको अन्तिम मिनेटमा रोभोले गोल गर्दा अर्जेन्टिनाल अन्तिम १६ मा छानिन सफल भएको हो ।
टीवाइसी स्पोर्टसलाई दिएको अन्तर्वार्तामा मेस्सीले भने,‘यो खेल जित्नेमा हामी ढुक्क थियौं, जितमा अतिनै खुसी छौं ।’
‘मलाई थाहा छ भगवान हामीसँग छन् र उनी हामीलाई छोड्न चाहँदैनन्, हामी सवैलाई धन्यवाद दिन चाहन्छौं । जसले हामीलाई विश्वास गरे र जो सधै अर्जेन्टिनाको साथमा छन् । राष्ट्रिय टोलीको जर्सी सवैभन्दा उच्च भएको छ ।’
मेस्सीले फ्रान्ससँगको आगामी खेलबारे भने,‘हामीलाई यो आवश्यक थियो, अव हाम्रा लागि अब कपको शुरुवात भयो ।’