०४ असार २०८३, बिहीबार

चीनले तोक्यो अभिनेताहरूको पारिश्रमिक, करछली रोक्ने उपाय

चीनले तोक्यो अभिनेताहरूको पारिश्रमिक, करछली रोक्ने उपाय

काठमाडौं, १७ असार – चीनका शीर्ष कलाकारहरूले चर्को पारिश्रमिक लिएर शाही जिन्दगी बिताउने गरेकोमा त्यहाँको कम्युनिस्ट पार्टीले उनीहरूको पारिश्रमिक सीमा तोकेको छ । पार्टीको प्रचार विभागका साथै चार अन्य सरकारी विभागले अभिनेताहरूलाई प्राप्त हुने अकुत सम्पत्तिको सीमा तय गर्ने सम्बन्धमा निर्देशन जारी गरेका छन् । 

खासमा चीनमा कलाकारहरूले कर नतिर्नका लागि यिन–याङ नामक विशेष कन्ट्र्याक्टको सहारा लिने गरेका छन् । यस्ता कन्ट्र्याक्टहरूको सामाजिक सञ्जालमा धेरै विरोध भएका छन् । 

बुधवार जारी गरिएका निर्देशनमा अब चीनमा कलाकारहरूलाई फिल्मको कुल लागतको ४० प्रतिशतभन्दा बढी भाग दिन पाइने छैन । त्यति मात्र नभई लीड एक्टरहरूले फिल्मका कास्टलाई दिइएको फीसको ७० प्रतिशतभन्दा बढी हिस्सा लिन पाउने छैनन् । यो सीमा फिल्म, टीभी ड्रामा र डिजिटल सिरिजमा लागू गरिएको छ । 

यिनयाङ कन्ट्र्याक्ट अन्तर्गत कुनै पनि कलाकारले दुई सम्झौतामा हस्ताक्षर गर्न पाउँछ । पहिलो सम्झौतामा पेमेन्ट कम गरिएको देखाइन्छ जसले गर्दा कर पनि कम दिए पुग्छ । अर्को सम्झौता चाहिँ रेकर्डमा रहँदैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्