१३ साउन २०८३, बुधबार

विश्वकपबाट बाहिरिएपछि मस्केरानोसँगै अर्जेन्टिनाका अर्का खेलाडीले पनि लिए संन्यास

विश्वकपबाट बाहिरिएपछि मस्केरानोसँगै अर्जेन्टिनाका अर्का खेलाडीले पनि लिए संन्यास

काठमाडौं, १७ असार – फिफा विश्वकप फूटबल प्रतियोगिताको राउण्ड अफ सिक्स्टिनबाटै बाहिरिएपछि अर्जेन्टिनाका खेलाडीहरूले संन्यास लिने क्रम शुरु भएको छ । 

टीमका लेजेन्ड ह्याभियर मस्केरानोले संन्यास घोषणा गरेको केही घण्टा नबित्दै मिडफिल्डर लुकास बिग्लियाले पनि संन्यासको घोषणा गरेका छन् ।

नयाँ पुस्तालाई मौका दिन आफूले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिएको उनको भनाइ छ ।

'इमान्दार भएर भन्नुपर्दा यो अब हामीले पाखा लागिदिने समय हो । मेरै कुरा गर्नुपर्दा पनि अब नयाँ पुस्ताका लागि बाटो छाडिदिनुपर्छ,' उनले भने । 

बिग्लिया इटालीयन सिरी ए क्लब एसी मिलानबाट व्यवसायिक फूटबल खेल्छन् ।

salt training

कमेन्ट गर्नुहोस्