०७ असार २०८३, आइतबार

कही कतैको गीत

कही कतैको गीत

काठमाडौ : साउन २५ गते रिलीज हुने नेपाली चलचित्र कही कतैको गीत ‘यो मौसम’ को भिडियो सार्वजनिक गरिएको छ । 

यूट्युब मार्फत सार्वजनिक गीतमा सचिन सिंहको संगीत छ भने थुप्देन भूटिया र मेलिना राईको स्वर छ । 

शब्द रचना मनोज राजको रहेको छ । कमल राईले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ’बेबी’ गिरीको अभिनय छ । गीतको भिडियोमा भारतको सिक्कीम वरपरका

मनोरम हिमाली दृश्यहरु रहेका छन् । यो चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । 

सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । कहि कतै’ लाई शविर श्रेष्ठले लेखन–निर्देशन गरेका हुन् । 

सिक्कीम स्थायि घर भएकी नव–नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।
 

कमेन्ट गर्नुहोस्