०६ असार २०८३, शनिबार

पेनाल्टी सुटआउटमा डेनमार्कलाई हराउँदै क्रोएसिया विश्वकपको क्वाटर फाइनलमा

पेनाल्टी सुटआउटमा डेनमार्कलाई हराउँदै क्रोएसिया विश्वकपको क्वाटर फाइनलमा

काठमाडौं, १८ असार– पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 
आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई  पेनाल्टी सुटआउटमा हराएको हो । 
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 
यसअघि डेनमार्कका माथियसले खेलको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, क्रोएसियाका मारियोले पनि गोल गर्दै बराबरीको अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खmे पेनाल्टी सुटमआआउट सम्म पुगेको हो । 
अब क्वाटर फाइनलमा रसियासँग क्रोएसियाको प्रतिस्पर्धा हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्