०१ असार २०८३, सोमबार

फ्रान्सका कुख्यात अपराधी हेलिकप्टर चढेर भागे जेलबाट

फ्रान्सका कुख्यात अपराधी हेलिकप्टर चढेर भागे जेलबाट

काठमाडौं, १८ असार – फ्रान्सका एक कुख्यात अपराधी रेडोइन फेड हलिउड फिल्ममा जस्तै गरी हेलिकप्टर चढेर जेलबाट भागेका छन् । 

राजधानी पेरिसको दक्षिणपूर्वमा रहेको रियू जेलमा बन्द फेड आइतवार बिहान केही सशस्त्र व्यक्तिहरूको सहायतामा जेलबाट भागेका हुन् । 

उनले जेल कसरी तोडे र उनलाई कसले सहायता ग–यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाउन सकेको छैन । 

फेडविरुद्ध सन् २०१० मा डकैती तथा एक महिला प्रहरीको हत्याको अभियोगमा २५ वर्षको जेल सजाय दिइएको थियो ।

फेडले यसअघि पनि जेलब्रेक गरिसकेका हुन् । पाँच वर्षअघि उनले पूर्वी फ्रान्सको एक जेलमा डाइनामाइट विस्फोट गराएर ६ प्रहरीलाई बन्धक बनाउँदै भागेका थिए । तर प्रहरीले ६ हप्ताको खोजीपछि उनलाई पक्राउ गरेको थियो । 

प्रहरी अधिकारीहरूले फेडको हेलिकप्टर पेरिसबाटै बरामद गरिसकिएको बताए । तर उनका बारेमा कुनै जानकारी प्रहरीसँग छैन । 

फेडले फ्रान्समा गरेका डकैतीका अनेकौं कथा छन् । उनी पेरिसको कुख्यात टोलमा जन्मेर सानैदेखि अपराधकर्ममा लागेका हुन् । उनले टीभी च्यानलमा अनेकौं अन्तर्वार्ता प्रसारण गरिसकेका छन् । उनले अपराधसम्बन्धी दुई किताब
पनि लेखेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्