०५ असार २०८३, शुक्रबार

पहिरोले विद्यालय भवन जोखिममा

पहिरोले विद्यालय भवन जोखिममा

रामपुर, पाल्पा, १८ असार- निस्दी गाउँपालिका– ५ स्थित राईकोट आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ । 

वर्षापछि विद्यालय नजिकै पहिरो गएपछि भवन जोखिममा परेको हो । 
शनिबार राति परेको पानीले बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडकखण्डमाथि रहेको विद्यालयको मूल द्वार र पर्खाल पहिरोका कारण भत्किएको प्रधानाध्यापक केशबहादुर कालुङले बताउनुभयो । 

“लगातार वर्षा भए भवन भत्कने खतरा छ,” उहाँले भन्नुभयो । 

बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडक फराकिलो गरिएपछि पहिरो खस्न थालेको हो । विद्यार्थीलाई अन्य भवनमा राखेर त्रैमासिक परीक्षा सञ्चालन गरिएको छ । कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल एक सय १० विद्यार्थी अध्ययनरत छन् । 

salt training

कमेन्ट गर्नुहोस्