०१ असार २०८३, सोमबार

आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

असार १८, २०७५
आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो
सा‌ंकेतिक तस्बिर

नयाँदिल्ली, १८ असार– भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ । 

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार केही दिनदेखि आइरहेको बाढी पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गएर ३२ पुगेको हो । 

बाढी पहिरोबाट ६३ हजार जना प्रभावित भएका छन् । प्रभावित हुनेमा अधिकांश पाँच जिल्लाका रहेका छन् । 

अधिकारीहरूले २६ अस्थायी शिविर तथा वितरण केन्द्रहरू बनाएर बाढी प्रभावितहरूलाई आश्रय दिइएको जानकारी दिएका छन् । तीनै केन्द्रहरूबाट पीडितहरूलाई राहत तथा सहयोग वितरण गरिएको छ । 

भारतीय केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले आसामका मुख्य मन्त्री सर्वानान्द सोनोवाललाई सवै सहयोग उपलब्ध गराइने भएकाले चिन्ता नलिन आश्वस्त पारेका थिए । 

मौसम विभागका अधिकारीहरूले अझै केही दिन ठूलो वर्षा हुने पूर्वानुमान गरेको समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्