०१ असार २०८३, सोमबार

हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

असार १८, २०७५
हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

अफगानिस्तान, १८ असार– अफगानी सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा २४ भन्दा बढी तालिवान लडाकू मारिएका छन् ।

अफगानिस्तानको फार्याब प्रान्त अन्तर्गत पर्ने पाश्टुन कोट जिल्लामा तालिवानी लडाकूहरू भेला भएको ठाउँमा बन्दूकधारी सुरक्षाकर्मीहरूले हेलिकोप्टरबाट आक्रमण गरेका थिए । 

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानीफ रेजाइले आइतबार भएको घटनाका बारेमा सोमबार जानकारी दिएका हुन् । 

गुप्तचर संस्थाको प्रतिवेदन अनुसार आइतबार दिउँसो पाश्टुन कोट जिल्लाको तख्ता बजार क्षेत्रमा जम्मा भएका तालिवान लडाकूहरुलाई लक्षित गरेर आक्रमण भएको थियो । 

आक्रमणमा परी २४ जनाको घटनास्थलमै मृत्यु भएको र अरु ३१ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । 

सुरक्षा कारवाहीका क्रममा तालिवानका एक जना वरिष्ठ नेता माख्डोम अलाम पनि घाइते भएको प्रवक्ता रेजाइले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्