११ असार २०८३, बिहीबार

५०  प्रतिशत अनुदानमा कृषि उपकरण

असार १८, २०७५
५०  प्रतिशत अनुदानमा कृषि उपकरण

नुवाकोट, १८ असार– बेलकोटगढी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण किसानलाई दिएको छ । 
बेलकोटगढी – १० बेलकोटगढीमा रहेको नमूना कृषक सहकारी संस्थामा आबद्ध किसानलाई १२ थान मिनीट्रिलर र तीन थान पावर ट्रिलर प्रदान गरिएको हो । नमूना सहकारीमार्फत ९० ट्रयाक्टर वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । उत्पादन भएका सामग्री जोख्नका लागि ३६ डिजिटल काँटासमेत प्रदान गरिएको छ । 
किसानलाई सामग्री प्रदान गरेपछि नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले कृषिबाट बेलकोटगढी नगरपालिका समृद्ध बन्ने भएकाले प्राप्त भएका उपकरणको सही प्रयोग गरेर उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभयो । 
उत्पादन लागत घटाई बाँझो जमीनमा खेती गराउनका लागि किसानलाई आकर्षित गराउन सहकारीमार्फत आधुनिक प्रविधि हस्तान्तरण गरिएको नगरपालिकाका बागवानी विकास अधिकृत छविलाल शर्माले बताउनुभयो । 
बजार मूल्यअनुसार रु। ५५ हजार पर्ने मिनीट्रिलर बोलकबोल प्रणालीमार्फत रु ४१ हजार ५०० मा खरीद गरी किसानलाई ५० प्रतिशत छुटमा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । परियोजनाअन्तर्गत नै बेलकोटगढी –७ रातमाटेका किसानलाई पनि १५ मिनीट्रिलर र पाँच डिजिटल तराजु ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्