काठमाडौं, ३ फागुन– नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल सोमवारबाट अवकाशमा बसेका छन् । उनको अवकाशको पूर्वसन्ध्यामा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयमा विदाई समारोहको आयोजना गरिएको थियो ।
विदाई समारोहमा आइजीपी अर्यालसँगै अवकाशमा बसेका अन्य प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायब महानिरीक्षकहरुलाई विदाई गरिएको थियो । समारोहमा वरिष्ठ प्रहरी अधिकारीहरुको बाक्लो उपस्थिति थियो ।
सोमवार राति बसेको मन्त्रिपरिषदको बैठकबाट निमित्त प्रहरी प्रमुखमा एआइजी डा.दिनेशचन्द्र पोखरेललाई नियुक्त गरेको छ ।
विदाई समारोहका तस्वीरहरुः