१३ असार २०८३, शनिबार

गुफामा थुनिएका १२ बालकको ९ दिनपछि उद्धार

गुफामा थुनिएका १२ बालकको ९ दिनपछि उद्धार

काठमाडौं, १९ असार– थाइल्याण्डको एक गुफामा थुनिएका फुटबल खेलाडी र उनीहरूका प्रशिक्षकलाई उद्धार गरिएको छ ।  गुफामा थुनिएका उनीहरूको ९ दिन पछि सोमबार उद्धारकर्मीको एक टोलीले उद्धार गरेको हो ।

चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक थुनिएका थिए । ११ देखि १६ वर्षसम्मका ती बालक वाइल्ड बोअर सकर टिमका सदस्य थिए ।

उनीहरु गत जुन २३ मा गुफामा घुम्न गएका थिए । भारी वर्षाका कारण आएको बाढी गुफाभित्र पसेपछि उनीहरुको अवस्था अज्ञात थियो ।

गोताखोरको एक टोलीले उनीहरुलाई गुफाभित्र फेला पारेको अधिकारीहरुले जनाएका छन् । उनीहरु सबै सुरक्षित रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्