०४ असार २०८३, बिहीबार

अमेरिकामा गलत मान्छे आउन दिँदैनौं : ट्रम्प, ६८० अवैध आप्रवासी पक्राउ

कात्तिक २०, २०७४
अमेरिकामा गलत मान्छे आउन दिँदैनौं : ट्रम्प, ६८० अवैध आप्रवासी पक्राउ
काठमाडौं, ३ फागुन — अमेरिकाको इमिग्रेसन डिपार्टमेन्टका अधिकारीहरूले ६८० भन्दा बढी अवैध आप्रवासीलाई पक्राउ गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कारवाहीको बचाउ गर्दै अपराधीहरूलाई अमेरिका आउनबाट रोक्न यसो गरिएको बताए ।


हालै ट्रम्प प्रशासनले मुसलमानबहुल सात देशका मानिसलाई अमेरिका प्रवेश गर्नबाट रोक लगाएका थिए । तर अदालतले प्रतिबन्धलाई रोक्का गरेको थियो ।

पक्राउ गरेका मानिसमा ७५ प्रतिशत अपराधी भएको होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टका सचिव जोन केलीले बताए । नियमित कारवाहीकै क्रममा यी गिरफ्तारीहरू गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

यी अपराधीहरूसँग आप्रवासको कागजात नभएको उनको भनाइ थियो ।

ह्वाइट हाउसका एक उच्च अधिकारीले ट्रम्पले अमेरिकीहरूको सुरक्षाका लागि आप्रवाससम्बन्धी नयाँ नियम जारी गर्न सक्ने बताएका छन् ।

ट्रम्पले आप्रवासी अपराधीविरुद्ध चलाइएको अभियानको बचाउ गरेका छन् ।

‘हामीले साँच्चिकै राम्रो काम गरिरहेका छौं । हामीहरू अपराधी पक्रिरहेका छौं । उनीहरू खतरनाक अपराधी हुन् । तीमध्ये केहीको रेकर्ड एकदमै खराब छ । यिनीहरूलाई हामी बाहिर निकालेरै छाड्छौं । म जे भन्छु, त्यो गरेरै छाड्छु,’ उनले भने ।

‘हामी आफ्ना ढोकाहरू खोल्न चाहन्छौं । हाम्रो देशमा मान्छेहरू आऊन् तर गलत मान्छेलाई चाहिँ हामी आउन दिँदैनौं । हाम्रो प्रशासनले यसो हुन दिँदैन,’ ट्रम्पले भने ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्