१० असार २०८३, बुधबार

‘बलिउडले मधुबालाको आधा सौन्दर्य मात्र देखाउन सक्यो’

कात्तिक २०, २०७४
‘बलिउडले मधुबालाको आधा सौन्दर्य मात्र देखाउन सक्यो’
काठमाडौं, ३ फागुन — केही अनुहार आँखाबाट पसेर मनमै बस्छन् । त्यस्तै केही अनुहारमध्येको एक थियो मधुबालाको । आज पनि प्रशंसकहरूको मनमा उनको अनुहार गडेर बसेको छ ।


जिन्दगीको जम्मा ३६ वर्ष बिताउन पाएकी मधुबालाको जीवनकथा सुन्दर छ । आजैको दिन अर्थात् १४ फेब्रुअरीमा दिल्लीमा जन्मेकी मधुबाला रजतपटमा भेनस देवी भनी चिनिइन् ।

मधुबालाका पोस्टरहरू अहिले पनि फिल्मप्रेमीहरूका भित्तामा भेटिन्छन् ।

फिल्मफेयर पत्रिकाका सम्पादक रहिसकेका बीके करंजियाले एउटा लेखमा लेखेका छन्, ‘मधुबालाले सम्झौतापत्रमै आफूले काम गर्ने चलचित्रमा आफ्नो भूमिका र नायकको भूमिका आफूले भनेजस्तो हुनुपर्ने बताएकी थिइन् ।’

आजकल त धेरै फिल्म स्टारहरूले बडीगार्ड राख्छन् । तर बलिउडमा यसको शुरुवात मधुबालाले गरेकी थिइन् ।

बीके करंजियाका अनुसार उनले पहिलोचोटि मधुबालालाई भेट्दा उनलाई के लाग्यो भने फिल्मी पर्दाले त मधुबालाको आधा सौन्दर्य मात्र पो देखाउन सकेको रहेछ । वास्तविकतामा त उनी धेरै सुन्दर महिला हुन् ।

आजकल बलिउड अभिनेत्रीहरूलाई हलिउडमा फिल्म खेल्ने अवसर आइरहेको छ । मधुबालालाई उसबेलामा नै फ्य्रांक काप्राले हलिउड फिल्ममा खेल्ने अफर दिएका थिए ।

भ्यालेन्टाइन्स डेमा जन्मिएकी मधुबालाको खास नाम मुमताज जहाँ बेगम थियो ।

उनको पहिलो फिल्म ‘बसंत’ थियो । सन् १९४२ मा आएको यो फिल्ममा उनको अभिनय देखेर प्रभावित भई देविका रानीले उनको नाम मुमताजको साटो मधुबाला राखिदिइन् ।

खदीजा अकबरले मधुबालामाथि आई वान्ट टु लिभ नामक किताब लेखेकी छन् ।

दिलीप कुमारसँग उनको प्रेमसम्बन्ध सफल हुन नसकेको चर्चा चल्ने गर्थ्यो ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्