काठमाडौं, २८ मंसिर — विवाह गरेका महिलाहरूलाई आफ्नो श्रीमान् जतिसुकै सन्तुष्ट भएपनि अर्की महिला वा युवतीलाई लुकीछिपी हेर्न चाहने कुराले तनाव दिन्छ ।

कतिपय महिलाहरू यस कुराबाट चिढिन्छन् र उनीहरूको घृणाको यो ठूलो कारण हो । महिलाहरूलाई पुरुषले किन यसो गर्छन् भनी आश्चर्य लाग्छ । पुरुषहरूलाई यही कुरा सोध्दा यो प्राकृतिक बानी हो भन्ने जवाफ पाइन्छ । श्रीमतीलाई प्रेम नगरेर अर्की महिलामा दृष्टि लगाएको अर्थ लगाउन नमिल्ने उनीहरू बताउँछन् ।
तर तथ्य के हो भने सबै पुरुषलाई अर्की महिला ताक्न मन पर्छ । आफ्नी श्रीमती जतिसुकै सुन्दर भएपनि पुरुषले अर्की महिला हेरिहाल्छन् । अत्यन्तै कम महिलालाई मात्र अन्य महिलाको वास्ता हुँदैन ।
अर्की केटीसँग रंगे हात पक्राउ पर्दा पुरुषले श्रीमतीलाई भन्ने गर्छन्, ‘मैले के गलत गरें र तिमी मसँग भड्किएकी ?’ तर श्रीमतीको अनुपस्थितिमा यसो गर्नु गलत हुन्छ र यसले वैवाहिक सम्बन्धमा खलल पु-याउँछ ।
केही पुरुष त साँच्चै स्त्रीलम्पट हुन्छन् । यिनीहरू एउटी महिलासँग सन्तुष्ट हुनै सक्दैनन् । समय समयमा परिवर्तन चाहन्छन् यिनीहरू ।
पुरुषको यस्तो बानी बदल्न महिलाहरू चाहन्छन् तर यो सम्भव छैन । यसले उनीहरूको जीवनमा तनाव ल्याउँछ ।
कुनै महिलाको पति वर्षौंसम्म पनि फटाही गरिरहन्छ भने विवाह टुट्न सक्छ । उसका प्राथमिकता र आवश्यकताहरू बदलिन थाल्छन् अनि ऊ घरबाहिर खुशी खोज्न थाल्छ । यस्ता
पुरुषहरूलाई कुरा गरेर मामिला सल्टाउनु ठीक हुन्छ । उसलाई सम्बन्धको गम्भीरता सम्झाउनुपर्छ ।
एजेन्सी