०८ असार २०८३, सोमबार

किन यी अभिनेतासँग काम गर्न चाहँदिनन् कट्रिना कैफ ?

किन यी अभिनेतासँग काम गर्न चाहँदिनन् कट्रिना कैफ ?

काठमाडौं, २२ असार – कट्रिना कैफले आफ्ना एक विशेष मित्र तथा सहअभिनेतासँग काम गर्न अस्वीकार गरेकी छन् । रणवीर कपूरको कुरा गर्न लागियो भन्ठान्नुहोला तर ती कलाकार आदित्य रोय कपूर हुन् । 

एक न्युज वेबसाइटका अनुसार, कट्रिनालाई हालै एक रोमान्टिक कमेडीको अफर आयो । त्यसमा उनको अपोजिटमा आदित्य थिए तर कट्रिनाले त्यसमा रुचि देखाइनन् । त्यसो त कट्रिना र आदित्य राम्रा साथी हुन् तर उनी आफ्नो व्यावसायिक र व्यक्तिगत सम्बन्धलाई मिसाउन चाहँदिनन् ।

पहिला उनीहरूले फितूर नामक फ्लप फिल्म खेलेका थिए । फेरि आदित्यसँग अर्को फ्लप दोहोरिएला भन्ने डर कट्रिनालाई लागेको हुनसक्छ । उनले सलमानसँग टाइगर जिन्दा है खेलिन् र त्यो सुपरहिट भयो अनि त्यसपछि नै उनले शाहरुख
खानको जिरो र आमिर खानको ठग्स अफ हिन्दोस्तान जस्ता फिल्म पाइन् ।

खासमा ती दुवै फिल्म सलमानले नै कट्रिनालाई दिलाएका हुन् भन्ने गरिन्छ । कट्रिनाले रणवीर कपूरसँग जग्गा जासूस र आदित्यसँग फितूर खेलिन् तर दुवै सुपरफ्लप भए र त्यसैले उनी करीयरलाई ध्यानमा राख्दै आदित्यको फिल्म रिजेक्ट
गरेकी हुन सक्छिन् । 

उनको यो निर्णयले उनलाई कस्तो फाइदा दिलाउला, समयले नै बताउनेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्