
काठमाडौं, २२ असार – मुस्ताङ सडक मजदुर बोकेको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणको काम गरिरहेका मजदुलाई बोकेको टिप्पर दुर्घटनामा परेको हो । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर बोकेको टिप्पर दुर्घटनामा परेको हो ।
स्यांङबोचे भन्ने स्थानमा खाना खान आएका मजदुरलाई बा २ ख २२१९ नम्बरको टिप्परले लिएर जाने क्रममा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
करिब दुई बजेतिर खाना खाएर काममा फर्कन लागेका मजदुर बोकेको टिप्पर सडकबाट ५० ६० मिटर तल खसेको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘१५ जनाको मृत्यु भएको र १२ जना घाइते भएका खबर मलाई आएको छ ।’
काठमाडौं र पोखराबाट घाइतेको उद्दारका लागि हेलिकप्टर आउन लागेको पौडेलले जानकारी दिए । घाइते मध्ये पाँच जनाको अवस्था सामान्य भएपनि अन्यको अवस्था गम्भीर रहेको उनले बताए ।
सडक निर्माणमा काम गरिरहेका मजदुर बोकेको ट्रिपर घनीमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र खड्काले बताए । ‘घटनाको विस्तृत विवरण आएको छैन, फोन सम्पर्क भइरहेको छैन,’ उनले भने, ‘उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर आउँदैछ ।