०५ साउन २०८३, मंगलबार

मेरी मामुको फस्ट लुक भदौं १५ गते देखि देशव्यापी

मेरी मामुको फस्ट लुक भदौं १५ गते देखि देशव्यापी

प्रदर्शनमा आउन लागेको चलचित्र मेरी मामुको फस्ट लुक सार्वजनिक गरिएको छ ।

सन्तोष सेनको ब्यानर आसुसेन फिल्मसको चौथो प्रस्तुती रहेको यो चलचित्रको फस्ट लुकमा छ वर्षे कलाकार आयुव सेनलाई मात्र देखाईएको छ ।

आमा र छोराको संवन्ध बोकेको कथा मेरी मामु मा आयुवका अलवा प्रेम गीत २ नयिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नव नायिका कुसुम गुरुङ, क्रिजन गौतम लगायतको अभिनय छ । चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गरका हुन् भने पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

रिलिज मिति नजिकीदै गर्दा चलचित्रको भने धमाधम छायांकन भैरहेको छ । हाल सम्म करिब ७० प्रतिशत छायानंकन सकिएको र यो महिनाको अन्त्य सम्म संपुर्ण छायांकन सकिने निर्माता सेनले जानकारी दिए ।

छायांकन सगै सम्पादन तथा संपुर्ण पोष्ट प्रोडक्सनको काम पनि संगसगै भैरहको कारण चलचित्र प्रदर्शन मिति भन्दा एक हप्ता अघि नै तयार हुने निर्माता सेनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्