०६ असार २०८३, शनिबार

१४ तस्बिरमा हेर्नुहोस् ब्राजिलको घर जाने टिकट तय भएको खेल

१४ तस्बिरमा हेर्नुहोस् ब्राजिलको घर जाने टिकट तय भएको खेल

काठमाडौं, २३ असार– बेल्जियमसँग २–० ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ ।  शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिल पराजित भएसँगै ऊ क्वाटरफाइनलबाटै घर फर्किएको छ । 
खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले  आत्मघाती गोल गरेसँगै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पुर्याए । 
यस्तै खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले गोल फर्काएपछि खेल थप रोमाञ्चित बन्यो ।  त्यसपछि एकपछि अर्को गर्दै बेल्जियमको पोस्टमा ब्राजिलले बल प्रहार गरेपनि बलियो डिफेन्स बाधक बन्न पुग्यो र खेल २–१ मा टुंगिदै बेल्जियम बिजयी बन्न पुग्यो । 
खेलका तस्बिर हेर्नुहोस्


 

salt training

कमेन्ट गर्नुहोस्