१० असार २०८३, बुधबार

चलचित्र रंगीनमा निशा रंगीन बन्ने

कात्तिक २०, २०७४
चलचित्र रंगीनमा निशा रंगीन बन्ने
काठमाडौं, ३ फागुन – सुवास थापा प्रोडक्सन र आकांक्षा इन्टरटेनमेन्टको व्यानरमा चलचित्र रंगीन निर्माण हुने भएको छ ।

निशा अधिकारी, बाबु भण्डारी, महादेव त्रिपाठी, नवराज श्रेष्ठ लगायतका कलाकारले चलचित्रमा अभिनय गर्ने निश्चित भएपनि निर्देशक भने अझै तय भइसकेको छैन ।

चलचित्रको कथा किरण माइकलले लेखेका हुन् । निशा, बाबु र नवराज मुख्य भूमिकामा देखिनेछन् ।
निर्देशनका लागि नयाँ निर्देशकको खोजी भएको बताइएको छ । यो बलिउडको एक तरिका हो । ‘यो फिल्ममा हामीले हरेक कुरा फरक तरिकाले गर्न लागेका छौं ।’ निर्माता थापाले बताए ।

बलिउडमा छायांकन अनुभव बटुलेका नरेन सिंहले चलचित्रको छायांकन गर्नेछन् । चलचित्र जेठको सुरुमै फ्लोरमा जाने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्