×

NMB BANK
NIC ASIA

मेस्सी-रोनाल्डोले मात्र होइन यी महान खेलाडीले पनि कहिल्यै जितेनन् विश्वकप !

असार २४, २०७५

NTC
Premier Steels

काठमाडौं, २४ असार–रुसमा जारी विश्वकप फूटबल २०१८ लाई अप्रत्याशित परिणाम भएको विश्वकप भनिए शायद गलत हुने छैन । 

Muktinath Bank

विश्वकपको पहिलो चरणमै २०१४को विश्वकप विजेता जर्मनी अप्रत्याशित रुपमा बाहिरियो । नकआउट चरण शुरु हुनासाथ अर्जेन्टिना, पोर्चुगल तथा स्पेन जस्ता टिम घर फर्किए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका साथै यी टीमसँग जोडिएका कायौं हस्तीहरुको विश्वकप जित्ने उदेश्य पनि अपुरो रह्यो । लियोनल मेस्सी तथा क्रिस्टियानो रोनाल्डो जस्ता नामी फूटबलरले आजसम्म विश्वकप ट्रफी आफूले उचाल्न सकेका छैनन् । 


Advertisment
Nabil box
Kumari

यी दुबै खेलाडीले कुल चार विश्वकप खेलेका छन् । तर दुबै खेलाडी अन्तिम १६ राउण्डमा गोल गर्न असमर्थ रहे । 

Vianet communication

अब यदी चार वर्षपछि सन् २०२२ मा कतारमा हुने विश्वकपसम्म यी दुबै खेलाडी रहे भने अहिले ३१ वर्षका रहेका मस्सी र ३३ वर्षका रोनाल्डोले सायद अन्तिमपटक आफ्नो भाग्यको परीक्षण गर्नेछन् । 

तर यस समय तिव्र रुपमा विकास भइरहेको फूटबल खेलका कारण यी दुई खेलाडीको योजना सफल हुनेमा शंका व्यक्त गरिएको छ । 

रोनाल्डो र मेस्सीले विश्व फूटबलमा सर्वेश्रेष्ठ फुटबलरको उपाधि जितेका छन् तर आफ्नो देशलाई विश्वकप भने दिलाउन सकेका छैनन् । मेस्सीले सन् २०१४ मा अर्जेन्टिाना विश्वकप फाइनलमा उपविजेता बन्दा उत्कृष्ठ खेलाडी

घोषित हुँदै गोल्डेन बलको उपाधि जितेका थिए । तर उनी हातमै आइसकेको विश्वकपको उपाधी उचाल्नबाट भने चुके । 

विश्वकप घर लैजान नस्ने दुर्भाग्य यी दुई खेलाडीको मात्र होइन । यसभन्दा पहिलापनि केही यस्ता राम्रा खेलाडीले विश्वकप उपाधी उचाल्न पाएनन् । 

पूरै विश्वमा आफ्नो खेलको जाँदू छरेका ति खेलाडीले विश्वकप भने आफ्नो पालोमा देश भित्र्याउन सकेनन् । 

जोहान क्रुफ (नेदरल्याण्ड)

सुन्तला रंगको जर्सी लगाउने नेदरल्याण्डका जोहान क्रुफलाई युरोपको इतिहासमा सबैभन्दा राम्रा फुटबलर मानिन्छ । 

सन् १९४७ मा पश्चिम जर्मनिमा खेलिएको विश्वकपमा उनले आफ्नो टीमको नेतृत्व गरेका थिए र पूरै खेलमा आफ्नो रणनीतिको माध्यमबाट नेदरल्याण्डलाई फाइनलमा पुर्‍याएका थिए । तर यस एतिहासिक खेलमा उनको टीम जर्मनीसँग १–२ को हार वेहोर्न बाध्य भयो ।

क्रूफले तीन पटक गोल्डेन बल जिते तर कहिल्ये पनि विश्वकप जित्न सकेनन् । 

पुस्कास (हंगेरी-स्पेन)

पुस्कासलाई एक सर्वकालिक उत्कृष्ठ फर्वाड खेलाडीका रुपमा लिइन्छ । सन् १९५२ को ओलम्पिक खेलमा उनले आफ्नो टीमलाई स्वर्णपदक दिलाए र त्यसको दुई वर्ष पछि १९५४ मा स्विट्जरल्याण्डमा खेलिएको विश्वकपमा उनको टीम फाइनलसम्म पुग्यो । 

यस खेलमा उनको टीम जीतको प्रवल दावेदार थियो तर उनीहरुलाई पश्चिम जर्मनीले पराजित ग¥यो । सन् १९६२ मा पुस्कासले स्पेनको नागरिकता लिए र त्यसवर्ष चिलीमा खेलिएको खेलमा भाग पनि लिए तर उनले त्यस विश्वकप पनि जित्न सकेनन् ।

अल्फ्रेडो डि स्टेफनो (अर्जेन्टिना–स्पेन)

फिफाले डि स्टेफनोलाई २० औ शताव्दीका पाँच सबैभन्दा राम्रा फुटबलरमा सहभागी गरेको थियो । यस सूचीमा पेले म्यारोडना, क्रुफ र बैकेनबोर सहभागी थिए । 

यति राम्रा फुटबलर भएपनि डी स्टेफेनोले कहिल्यै विश्वकप खेल्न पाएनन् । पहिला उनी अर्जेनिटनाका लागि खेल्थे । यस बीचमा १९५० तथा १९५४ को विश्वकपमा अर्जेन्टिनाले विश्वकपमा भाग लिन नै पाएन । 

सन् १९५० मा ब्राजिलियन फुटबल फ्रेडेरेसनसँगको विवादका कारण अर्जेन्टिनाले विश्वकपमा भाग लिएन । 

यसपछि डी स्टेफनोले अर्जेन्टिना छाडे र उनले स्पेनको नागरिकता लिए । तर उनको दुर्भाग्य १९५८को विश्वकपमा स्पेन छानिन सकेन । 

त्यसको चार वर्षपछि चिलीमा भएको विश्वकपमा डी स्टेफनो घाइते भएका कारण खेल्न पाएनन् । 

यूसेबियो (पोर्चुगल)

यूसेबियोको जन्म मोजाम्बिकमा भएको थियो । त्यससमय त्यहाँ पोर्चुगलको शासन थियो । यूसेबियोलाई पोर्चुगली फुटबलका पहिला महान फुटबलर मानिन्छ । 

१९६५ मा उनले यूरोपको सर्वश्रेष्ठ खेलाडीको सम्मान पाएका थिए । यसको एक वर्षपछि इग्ल्याण्डमा भएको विश्वकपमा यूसेवियोको उत्कृष्ट प्रदर्शनको मद्दतमा पोर्चुगलको टीम सेमिफाइनल सम्म पुगेको थियो तर त्यस खेलमा इग्ल्याण्डले १–२ हरायो । 

जर्ज बैस्ट (उत्तरी आयरल्याण्ड)

उत्तरी आयरल्याण्डका यी महान फुटबलरले कहिल्यै विश्वकपमा हिस्सा लिन पाएनन् । तर उनले डेनिस लवी बबी चाल्र्टनसँग मिलेर सन् १९६८ मा यूरोपियन कपमा आफ्नो टीम म्यान्चेस्टर युनाइटेडलाई च्याम्पियन बनाए ।

त्यसै वर्ष उनी यूरोपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । 

म्याक्रो वेन बस्टन( हल्याण्ड)

म्याक्रोले एक मात्र विश्वकपमा भाग लिएका थिए । यो विश्वकप १९९० मा इटलिमा खेलिएको थियो । यस अघि १९८८ मा वेन वस्टन आफ्नो टीमलाई यूरोपियन च्याम्पियनशिप जिताउन सफल भएका थिए ।

साल १९९२ मा उनी विश्वका सर्वश्रेष्ठ खेलाडी चुनिएका थिए र उनले तीन पटबक गोल्डेन बल पनि जिते तर सन् १९९३ मा जब उनी २८ वर्षका थिए तब चोटका कारण उनी फूटबल खेल्न नसक्ने अवस्थामा पुगे र उनले करियर सकिएको घोषणा गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x