
काठमाडौं, २४ असार–रुसमा जारी विश्वकप फूटबल २०१८ लाई अप्रत्याशित परिणाम भएको विश्वकप भनिए शायद गलत हुने छैन ।
विश्वकपको पहिलो चरणमै २०१४को विश्वकप विजेता जर्मनी अप्रत्याशित रुपमा बाहिरियो । नकआउट चरण शुरु हुनासाथ अर्जेन्टिना, पोर्चुगल तथा स्पेन जस्ता टिम घर फर्किए ।
यसका साथै यी टीमसँग जोडिएका कायौं हस्तीहरुको विश्वकप जित्ने उदेश्य पनि अपुरो रह्यो । लियोनल मेस्सी तथा क्रिस्टियानो रोनाल्डो जस्ता नामी फूटबलरले आजसम्म विश्वकप ट्रफी आफूले उचाल्न सकेका छैनन् ।
यी दुबै खेलाडीले कुल चार विश्वकप खेलेका छन् । तर दुबै खेलाडी अन्तिम १६ राउण्डमा गोल गर्न असमर्थ रहे ।
अब यदी चार वर्षपछि सन् २०२२ मा कतारमा हुने विश्वकपसम्म यी दुबै खेलाडी रहे भने अहिले ३१ वर्षका रहेका मस्सी र ३३ वर्षका रोनाल्डोले सायद अन्तिमपटक आफ्नो भाग्यको परीक्षण गर्नेछन् ।
तर यस समय तिव्र रुपमा विकास भइरहेको फूटबल खेलका कारण यी दुई खेलाडीको योजना सफल हुनेमा शंका व्यक्त गरिएको छ ।
रोनाल्डो र मेस्सीले विश्व फूटबलमा सर्वेश्रेष्ठ फुटबलरको उपाधि जितेका छन् तर आफ्नो देशलाई विश्वकप भने दिलाउन सकेका छैनन् । मेस्सीले सन् २०१४ मा अर्जेन्टिाना विश्वकप फाइनलमा उपविजेता बन्दा उत्कृष्ठ खेलाडी
घोषित हुँदै गोल्डेन बलको उपाधि जितेका थिए । तर उनी हातमै आइसकेको विश्वकपको उपाधी उचाल्नबाट भने चुके ।
विश्वकप घर लैजान नस्ने दुर्भाग्य यी दुई खेलाडीको मात्र होइन । यसभन्दा पहिलापनि केही यस्ता राम्रा खेलाडीले विश्वकप उपाधी उचाल्न पाएनन् ।
पूरै विश्वमा आफ्नो खेलको जाँदू छरेका ति खेलाडीले विश्वकप भने आफ्नो पालोमा देश भित्र्याउन सकेनन् ।
जोहान क्रुफ (नेदरल्याण्ड)

सुन्तला रंगको जर्सी लगाउने नेदरल्याण्डका जोहान क्रुफलाई युरोपको इतिहासमा सबैभन्दा राम्रा फुटबलर मानिन्छ ।
सन् १९४७ मा पश्चिम जर्मनिमा खेलिएको विश्वकपमा उनले आफ्नो टीमको नेतृत्व गरेका थिए र पूरै खेलमा आफ्नो रणनीतिको माध्यमबाट नेदरल्याण्डलाई फाइनलमा पुर्याएका थिए । तर यस एतिहासिक खेलमा उनको टीम जर्मनीसँग १–२ को हार वेहोर्न बाध्य भयो ।
क्रूफले तीन पटक गोल्डेन बल जिते तर कहिल्ये पनि विश्वकप जित्न सकेनन् ।
पुस्कास (हंगेरी-स्पेन)

पुस्कासलाई एक सर्वकालिक उत्कृष्ठ फर्वाड खेलाडीका रुपमा लिइन्छ । सन् १९५२ को ओलम्पिक खेलमा उनले आफ्नो टीमलाई स्वर्णपदक दिलाए र त्यसको दुई वर्ष पछि १९५४ मा स्विट्जरल्याण्डमा खेलिएको विश्वकपमा उनको टीम फाइनलसम्म पुग्यो ।
यस खेलमा उनको टीम जीतको प्रवल दावेदार थियो तर उनीहरुलाई पश्चिम जर्मनीले पराजित ग¥यो । सन् १९६२ मा पुस्कासले स्पेनको नागरिकता लिए र त्यसवर्ष चिलीमा खेलिएको खेलमा भाग पनि लिए तर उनले त्यस विश्वकप पनि जित्न सकेनन् ।
अल्फ्रेडो डि स्टेफनो (अर्जेन्टिना–स्पेन)

फिफाले डि स्टेफनोलाई २० औ शताव्दीका पाँच सबैभन्दा राम्रा फुटबलरमा सहभागी गरेको थियो । यस सूचीमा पेले म्यारोडना, क्रुफ र बैकेनबोर सहभागी थिए ।
यति राम्रा फुटबलर भएपनि डी स्टेफेनोले कहिल्यै विश्वकप खेल्न पाएनन् । पहिला उनी अर्जेनिटनाका लागि खेल्थे । यस बीचमा १९५० तथा १९५४ को विश्वकपमा अर्जेन्टिनाले विश्वकपमा भाग लिन नै पाएन ।
सन् १९५० मा ब्राजिलियन फुटबल फ्रेडेरेसनसँगको विवादका कारण अर्जेन्टिनाले विश्वकपमा भाग लिएन ।
यसपछि डी स्टेफनोले अर्जेन्टिना छाडे र उनले स्पेनको नागरिकता लिए । तर उनको दुर्भाग्य १९५८को विश्वकपमा स्पेन छानिन सकेन ।
त्यसको चार वर्षपछि चिलीमा भएको विश्वकपमा डी स्टेफनो घाइते भएका कारण खेल्न पाएनन् ।
यूसेबियो (पोर्चुगल)

यूसेबियोको जन्म मोजाम्बिकमा भएको थियो । त्यससमय त्यहाँ पोर्चुगलको शासन थियो । यूसेबियोलाई पोर्चुगली फुटबलका पहिला महान फुटबलर मानिन्छ ।
१९६५ मा उनले यूरोपको सर्वश्रेष्ठ खेलाडीको सम्मान पाएका थिए । यसको एक वर्षपछि इग्ल्याण्डमा भएको विश्वकपमा यूसेवियोको उत्कृष्ट प्रदर्शनको मद्दतमा पोर्चुगलको टीम सेमिफाइनल सम्म पुगेको थियो तर त्यस खेलमा इग्ल्याण्डले १–२ हरायो ।
जर्ज बैस्ट (उत्तरी आयरल्याण्ड)

उत्तरी आयरल्याण्डका यी महान फुटबलरले कहिल्यै विश्वकपमा हिस्सा लिन पाएनन् । तर उनले डेनिस लवी बबी चाल्र्टनसँग मिलेर सन् १९६८ मा यूरोपियन कपमा आफ्नो टीम म्यान्चेस्टर युनाइटेडलाई च्याम्पियन बनाए ।
त्यसै वर्ष उनी यूरोपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए ।
म्याक्रो वेन बस्टन( हल्याण्ड)

म्याक्रोले एक मात्र विश्वकपमा भाग लिएका थिए । यो विश्वकप १९९० मा इटलिमा खेलिएको थियो । यस अघि १९८८ मा वेन वस्टन आफ्नो टीमलाई यूरोपियन च्याम्पियनशिप जिताउन सफल भएका थिए ।
साल १९९२ मा उनी विश्वका सर्वश्रेष्ठ खेलाडी चुनिएका थिए र उनले तीन पटबक गोल्डेन बल पनि जिते तर सन् १९९३ मा जब उनी २८ वर्षका थिए तब चोटका कारण उनी फूटबल खेल्न नसक्ने अवस्थामा पुगे र उनले करियर सकिएको घोषणा गरे ।