०४ असार २०८३, बिहीबार

नेपालमा भारी वर्षा हुँदा भारतका बिहार र उत्तर प्रदेश डुबानमा

नेपालमा भारी वर्षा हुँदा भारतका बिहार र उत्तर प्रदेश डुबानमा

काठमाडौं, २४ असार – नेपाल र उत्तरी बिहारमा लगातार पानी परिरहेका कारण नदीहरूमा बाढी आएको छ ।

नेपालबाट भारततर्फ जाने सानाठूला नदीका कारण मुजफ्फरपुर, पूर्णिया, सुपौल, अररिया र सीतामढीमा बाढी आएको छ । मानिसहरू बाढीका कारण पलायन भइरहेका छन् ।

वाग्मती र बूढीगण्डकी नदीको जलस्तर बढिरहेको छ । बेनीबादमा वाग्मती खतराको निशानलाई पार गरिसकेको छ । 

नेपालको तराई र बिहारका विभिन्न भागमा लगातार भारी वर्षा भइरहेको छ । बिहारको सोनबरसामा बाँध फुटेर मुँहचट्टी गाउँमा पसेको छ । पानीको तेज प्रवाहका कारण घरहरू भत्किन थालेका छन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्