०५ असार २०८३, शुक्रबार

मानसिक रोगका चिकित्सक भन्छन्, ट्रम्प राष्ट्रपति बन्न योग्य छैनन्

कात्तिक २०, २०७४
मानसिक रोगका चिकित्सक भन्छन्, ट्रम्प राष्ट्रपति बन्न योग्य छैनन्
काठमाडौं, ३ फागुन — मनोविश्लेषक, मनोविज्ञानवेत्ता र सामाजिक कार्यकर्ताहरूले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्थितिका कारण उनी राष्ट्रपतिका रूपमा काम गर्न अक्षम रहेको चेतावनी दिएका छन् ।


एउटा खुल्ला पत्रमा हस्ताक्षर गर्दै उनीहरूले यस्तो चेतावनी दिएका छन् ।

पैंतीसजना मानसिक स्वास्थ्य व्यावसायिकले ट्रम्पका शब्द र व्यवहारले उनी कसैप्रति पनि समानुभूति देखाउन नसक्ने संकेत पाएको बताएका छन् ।

आफ्नो व्यक्तिगत महानतालाई पुष्टि गर्नका लागि ट्रम्पले वास्तविकतालाई तोडमरोड गर्ने गरेको अनि तथ्यसहित उनलाई चुनौती दिने मानिसलाई उनले आक्रमण गर्ने गरेको उनीहरूले बताए ।

मनोविज्ञानवेत्ताहरूले कुनै पनि व्यक्तिको मानसिक स्थितिका बारेमा उसलाई परीक्षण नगरिकन बोल्ने नपाउने गोल्डवाटर रुल भएपनि नाजुक स्थितिका कारण नियम तोडेको उनीहरूले द न्युयोर्क टाइम्सलाई लेखेको पत्रमा खुलाए ।

अमेरिकाका प्रमुख दुवै दलका सिनेटर र ठूलो संख्याका मानसिक स्वास्थ्य व्यावसायिकहरूले ट्रम्पको मनोवैज्ञानिक अवस्थाका बारेमा चिन्ता गरेका छन् ।

कन्जर्भेटिभ टिप्पणीकार एन्ड्रु सलिभानले राष्ट्रपतिको मानसिक स्वास्थ्यका बारेमा मिडियाले गम्भीर विमर्श चलाउनुपर्ने बताए ।

दी इन्डिपेन्डेन्टबाट


salt training

कमेन्ट गर्नुहोस्