१२ असार २०८३, शुक्रबार

बेनीमा बसपार्क निर्माण शुरु

बेनीमा बसपार्क निर्माण शुरु

म्याग्दी, २५ असार- बेनी नगरपालिका–८ कालीपुलमा बसपार्क निर्माणको काम शुरु भएको छ ।  जिल्ला सदरमुकाम बेनीमा सवारी पार्किङको समस्या समाधानका लागि बेनी नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो । 

एक दशकअघिदेखि बसपार्कका रुपमा प्रयोग गरिँदै आएको ठाउँमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो । विसं २०६४ भदौमा पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि सञ्चालन भएको बसपार्क एक दशकपछि व्यवस्थित गर्ने काम शुरु भएको हो । 

नगरपालिकाले गत वर्ष तयार पारेको गुरुयोजनाअनुसार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बसपार्क पहिलो चरणमा ढलान र नाली निर्माणको काम शुरु गरेको हो । उक्त योजनाका लागि यस वर्ष रु ४० लाख विनियोजन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्