०७ असार २०८३, आइतबार

डा.गोविन्द केसीको जीवन रक्षाका लागि संसदमा जरुरी महत्त्वको प्रस्तावमा छलफल हुने

डा.गोविन्द केसीको जीवन रक्षाका लागि संसदमा जरुरी महत्त्वको प्रस्तावमा छलफल हुने

काठमाडौं–चिकित्सा क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि अनसनमा बसिरहेका त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको जीवन रक्षाको पहलका लागि भन्दै नेपाली कांग्रेसले संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सोमवार संसदमा छलफल हुने भएको छ । 

प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भएको छ । यसअघि प्रस्तामाथि छलफल गर्न मागगर्दै कांग्रेसले शुक्रवार प्रतिनिधि सभाका दुईवटा बैठक अबरुद्ध गरेको थियो ।

कांग्रेसका दिलेन्द्र बडूले पेश गर्ने प्रस्तावमा अतहर कमाल मुसलमान र पार्वती डिसी चौधरीले समर्थन गर्नेछन् । 

डा केसी केही दिनदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनमा बसिरहेका छन् । डा.केसीको स्वास्थ्य अबस्था कमजोर बन्दै जाँदा डा.केसीका माग पूरा गर्न सरकारमाथि दवाव बढेको छ । 
 

कमेन्ट गर्नुहोस्