०९ असार २०८३, मंगलबार

यस्तो छ अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर

यस्तो छ अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर

काठमाडौं– सम्पूर्ण छायांकन अमेरिकामा गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुको कथालाई विशेष रुपमा उठाईएको छ । चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रलाई ईश्वर थापाले निर्देशन तथा सम्पादन गरेका हुन ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय छ । चलचित्र प्रर्दशनको तयारीमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्