
काठमाडौं – मुसा प्रायः सर्पको मुख्य आहार हो । मुसाभन्दा निकै बलियो सर्पले त्यसलाई सजिलै खाइदिन्छ ।
तर अहिले भाइरल भइरहेको भिडियोमा एउटो सानो मुसो ठूलै सर्पलाई आच्छु आच्छु पार्न सफल भएको देखिएको छ ।
एक मिनेटको भिडियोमा यो लडाईं मज्जाले देख्न पाइन्छ । मुसा कसरी सर्पमाथि लगातार हाबी भइरहेको छ भिडियो हेरेर थाहा हुन्छ ।
अचम्मको कुरा मुसाका अगाडि सर्प निरीह देखिन्छ । मुसोले सर्पको पछिल्लो र अघिल्लो भाग दुवैमा आक्रमण गर्छ । सर्प असहाय भएपछि उसले त्यसलाई धकेल्दै जंगलतिर पनि लग्छ ।
एजेन्सी