११ असार २०८३, बिहीबार

अव्यवस्थित पार्किङ हटाउन खोज्दा अवरोध गरेपछि संगीतकार आलोक श्री ‘पक्राउ’

अव्यवस्थित पार्किङ हटाउन खोज्दा अवरोध गरेपछि संगीतकार आलोक श्री ‘पक्राउ’

काठमाडौं – काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संगीतकार आलोक श्रीलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिकाअन्तर्गत पर्ने अनामनगरबाट घट्टेकुलो जाने सडकमा अव्यवस्थित रूपमा गरिएको पार्किङ हटाउन खोज्दा अवरोध गरेपछि संगीतकार श्री 'पक्राउ' परेका हुन् । 

काठमाडौं नगर प्रहरीका प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद जोशीले संगीतकार श्रीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

संगीतकार श्रीलाई बग्गीखानास्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाभित्र रहेको नगर प्रहरीको पोस्टमा राखिएको छ । 

‘धेरैदिन अगाडिदेखि अनामनगरदेखि घट्टेकुला जाने सडकमा अव्यवस्थित रूपमा भएको पार्किङले जनजीवन प्रभावित भएको भनेर गुनासो आइरहेको थियो,’ नगर प्रहरीका डीएसपी जोशीले लोकान्तरसँग भने, ‘आज (सोमवार) उक्त क्षेत्रमा पार्किङ हटाउन खोज्दा उहाँ (अालाेक श्री)ले अवरोध गरेकाले नियन्त्रणमा लिएका हौं ।’

संगीतकार श्रीले नगर प्रहरीका कर्मचारीलाई गालीगलौच गर्नुका साथै काममा अवरोध गरेपछि नियन्त्रणमा लिइएको डीएसपी जोशीले बताए । 

सरकारी कामकाजमा अवरोध गर्न खोज्ने व्यक्तिलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन सक्ने व्यवस्था भए पनि संगीतकार श्रीलाई भने आगामी दिनमा यस्ता गतिविधि नगर्ने सहमति पत्रमा हस्ताक्षर गराएर छाडिने जोशीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्