११ असार २०८३, बिहीबार

१२ किशोरलाई गुफामा किन लिएर गएका प्रशिक्षकले ?

१२ किशोरलाई गुफामा किन लिएर गएका प्रशिक्षकले ?

काठमाडौं – थाइल्यान्डको गुफामा फसेका अर्का एक बालकको उद्धार गरिएको छ । उनीसमेत गरी पाँचजना किशोरको उद्धार भएको हो । 

तर एउटा प्रश्न धेरैको मनमा उठेको छ – आखिर असार ९ गते प्रशिक्षकले १२ किशोरलाई गुफामा लगेका नै किन थिए ?

उक्त दिन बिहान १० बजे किशोरहरूको टोली फूटबल अभ्यासका लागि पुगेको थियो । अनि दिउँसो ३ बजे ट्याम–लोङ–खुनाम नाङनोन नेसनल पार्कका अधिकारीहरूले १२ वटा साइकल गुफाको प्रवेशद्वारमा राखिएको देखे । 

पछि उनीहरूलाई खोजी गर्ने अभियान शुरू भयो । ती किशोरमध्ये एकका मातापिताले निकुञ्जकर्मीहरूलाई छोरासँग सम्पर्क हुन नसकेको बताए । 

शनिवार राति आधिकारिक रूपमा माएसाई प्रहरीले किशोरहरू गायब भएको कुरा बतायो र आइतवार दिउँसोदेखि खोजी अभियान शुरू भयो । 

केही स्थानीय पत्रकारका अनुसार, गुफामा ती किशोरहरू एक सरप्राइज पार्टी दिन गएका थिए । किशोरहरूको पार्टी योजनालाई युवा प्रशिक्षकले पनि साथ दिए । पानी पसेर गुफामा फसिएला भन्ने उनलाई शायद लागेन ।

उक्त पार्टीमा नगएका एक किशोर गेमले कासोद पत्रिकालाई बताएअनुसार, टोली यसअघि पनि तीनचोटि गुफामा पुगेको थियो ।

उनले बताए, ‘हामीहरू गुफामा जाने तयारी पहिलेदेखि नै गर्थ्यौं । हामीहरूसँग टर्च हुन्थ्यो । अनि त्यहाँ भित्र जानका लागि हामी फिट छौं कि छैनौं भन्ने पनि सुनिश्चित गर्थ्यौं ।’

गुफाभित्रबाट एउटा चिट्ठी आएको थियो । फूटबल प्रशिक्षक एकापोलले आफ्नी हजुरआमालाई निराश नहुन अनुरोध गरेका थिए । अनि उनले किशोरहरूका मातापितासँग माफी पनि मागेका थिए । 

टोली गुफामा पुग्नेबित्तिकै मुसलधारे पानी पर्न थाल्यो । बाढीको पानीले गुफाको प्रवेशद्वार बन्द गरिदियो । अनि त प्रशिक्षक र सबै किशोरहरू गुफामा फस्दै गए ।

यसअघि सन् १९८६ मा एक विदेशी पर्यटक त्यही गुफामा सात दिनसम्म फसेका थिए । तर बाढी नआएकाले उनी निस्कन भने सफल भएका थिए । अर्का एक चिनियाँ पनि त्यहाँ फसेर पछि निस्किएका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्