
काठमाडौं – बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिके स्पेनिस राष्ट्रिय टीमका प्रशिक्षकमा नियुक्त भएका छन् ।
विश्वकपको पूर्वसन्ध्यामा प्रशिक्षक जुलेन लोपेटेगुइलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकको रूपमा फर्नाण्डो हिएरोलाई जिम्मेवारी दिइएकोमा टीम राउण्ड अफ सिक्स्टिनबाट अघि बढ्न नसकेपछि नयाँ प्रशिक्षकको खोजी भएको थियो ।
एक वर्षअघि बार्सिलोना छाडेयता एनरिक कुनै पनि जिम्मेवारीमा थिएनन् ।
स्पेनिस फूटबल एसोसिएसनले एनरिकेलाई राष्ट्रिय टीमको नयाँ प्रशिक्षकमा नियुक्त गरेको मार्काले जनाएको छ ।