२८ जेठ २०८३, बिहीबार

एउटा बिरुवा रोपे रु २० दिइने

एउटा बिरुवा रोपे रु २० दिइने

सल्यान– शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ । 

नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा दिए । 

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिए । 
 नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्