०१ असार २०८३, सोमबार

इजरायली प्रधानमन्त्रीकी धर्मपत्नीको मुद्दाको सुनुवाई तीन महिनापछि हुने

असार २५, २०७५
इजरायली प्रधानमन्त्रीकी धर्मपत्नीको मुद्दाको सुनुवाई तीन महिनापछि हुने

जेरूसेलम-छली र विश्वास घात गरेको आरोप लागेकी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी धर्मपत्नी साराको मुद्दामाथिको सुनुवाई आगामी तीन महिनाका लागि स्थगित भएको अदालत प्रशासनले सोमबार जनाएको छ । 

यस पहिले यही जुलाई १९ मा हुनेगरी ‘जेरुसेलम मेजिस्ट्रेट कोर्ट’ द्वारा तोकिएको सारा नेतन्याहुको सुनुवाई आगामी अक्टुबर ७ मा हुने उक्त अदालतले सञ्चारकर्मीलाई बताएको छ । 

मुद्दाबारे विस्तृत विवरण नदिइकन न्यायाधिश अभिताल चेनले मुद्दामाथिको सुनुवाईलाई ढिलो गर्न स्वीकृति प्रदान गर्नुभएको इजरायली न्यायाधिवक्ताको कार्यालय र प्रधानमन्त्रीका धर्मपत्नी साराका कानूनी प्रतिनिधिले बताउनुभयो । 

प्रधानमन्त्रीको सरकारी निवासमा खाना बनाउने कामदार उपलब्ध नभएको बताउँदै राज्य कोषको दुरूपयोग गरी एक लाख अमेरिकी डलरको खाना खरिद गरेको आरोपमा उनान्साठी वर्षीय सारामाथि गत महिना मुद्दा दायर भएको थियो । 

सन् २०१० देखि २०१३ सम्म नेतन्याहु, उहाँको परिवार र पाहुनाहरूका लागि भनी तीन लाख ५९ हजार सेकेल्स (इजरायली मुद्रा) बराबरको खाना खरिद गरेको नक्कली बिल पेश गरेको आरोप छ । 

नेतन्याहुले भने उक्त आरोपको खण्डन गर्दै आफूबाट कुनै छली नभएको बताउँदै आउनुभएको छ । 

प्रधानमन्त्रीले पनि आरोपलाई ‘अनर्गल’को आरोप भनी प्रतिक्रिया दिँदै आउनुभएको छ । यद्यपि प्रधानमन्त्री नेतन्याहुमाथि पनि विविध विषयमा भ्रष्टाचार गरेको आरोपहरू भित्रभित्र लगाइने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्