२५ जेठ २०८३, सोमबार

विश्वकप : फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया मध्ये को जाला फाइनलमा ?

विश्वकप : फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया मध्ये को जाला फाइनलमा ?

काठमाडौँ– रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुँदैछन् । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । 

यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । 

क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्यो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । 

त्यसैगरी इंग्ल्याण्डले स्वीडेनलाई २–० तथा क्रोसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गर्यो । 
    
सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ ।  प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् । 

त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता इंग्ल्याण्डले क्रोसियाको सामना गर्दैछ । इंग्ल्याण्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

सेमिफाइनलका खेल नेपाली समय अनुसार राती ११ः४५मा शुरु हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्