२५ जेठ २०८३, सोमबार

खुल्यो पहिरोले अवरुद्ध मुग्लिन सडक, सचेत भएर यात्रा गर्न अनुरोध

खुल्यो पहिरोले अवरुद्ध मुग्लिन सडक, सचेत भएर यात्रा गर्न अनुरोध

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । 

पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक ६ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा ठूलो पहिरो खसेको थियो । सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

त्यसैगरी, सोही सडकको टोपेखोला र जलबिरेमा पनि पहिरो खसेको थियो । पहिरो खसेका सबै ठाउँको पहिरो पन्छाएपछि सवारी पूर्णरुपमा सञ्चालनमा आएका छन् । पहिरोका कारण रोकिएका सवारी पहिरो पन्छाएर सञ्चालनमा आएपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँ–ठाउँमा पहिरो खस्ने सम्भावना भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्