काठमाडौं, ४ फागुन-कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनले स्ववियु चुनाव केही समय पछि सार्न लबिङ सुरु गरेका छन् ।
अनेरास्ववियु अध्यक्ष नवीना लामाले क्याम्पस प्रमुखलाई थर्काउने, ताला लगाउनेजस्ता कार्यले मनोबल गिरेको बताइन् ।
विप्लव माओवादीनिकट विद्यार्थी संगठनले पार्टीको महाधिवेशनका कारण एक साता मागेकाले के गर्ने भन्नेमा पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको उनको बताइन् । नयाँ पत्रिकामा समाचार छ ।
‘हाम्रो जोड १४ फागुनमा मतदान गर्नुपर्छ भन्ने हो, सबैको सहभागिता हुँदा हामीलाई पनि राम्रो हुन्छ,’ उनले भनिन् ।