काठमाडौं – संयुक्त राष्ट्रसंघले ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको सन् १९८९ मा गरेको हो । यसको उद्देश्य जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु हो ।
यस वर्षको जनसंख्या दिवसको थिम वा स्लोगन ‘परिवार नियोजन मानवअधिकार हो’ भन्ने रहेको छ ।
सन् १००० मा विश्वको जनसंख्या जम्मा ४० करोड थियो । सन् १८०४ मा जनसंख्या एक अर्ब पुग्यो । सन् २००० मा जनसंख्या ६ अर्ब पुगेको थियो ।
दिनमा हरेक सेकेन्ड चार बच्चा जन्मिन्छन् र लगभग दुई मानिस मर्छन् ।
सन् २०५० सम्म विश्वको ७० प्रतिशत जनसंख्या शहरमा हुनेछ ।
अहिले विश्वको जनसंख्या ७.६ अर्ब छ अनि यो संख्या लगातार बढिरहेको छ ।
संसारको सबभन्दा धेरै जनसंख्या चीनमा छ भने भारत दोस्रो स्थानमा छ । सन् २०३० सम्ममा भारतले चीनलाई जनसंख्यामा जित्ने अनुमान गरिएको छ ।
विश्वमा १८० करोड मानिस १० देखि २४ वर्षका छन् । युवाको यो अहिलेसम्मक ठूलो संख्या हो । कुल जनसंख्याको करीब ५२ प्रतिशत मानिस ३० वर्षमुनिका छन् ।
फेसबूक पनि कुनै देश हुन्थ्यो भने सबभन्दा धेरै जनसंख्या त्यसैको हुन्थ्यो । फेसबूकमा २.१९ अर्ब सक्रिय प्रयोगकर्ता छन् ।
एजेन्सी