३१ जेठ २०८३, आइतबार

पाल्पामा एकाबिहानै बस दुर्घटना

पाल्पामा एकाबिहानै बस दुर्घटना

पाल्पा-  बुटवलबाट पोखरा तर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस पाल्पाको भालेबास नजिकै खोलामा खसेर दुर्घटना भएको छ । बस बिहान करिब ७ बजे दुर्घटनामा परेको हो ।

बसमा २६ यात्रु सवार रहेको बताइएको छ । अहिले उद्धार कार्य जारी छ । प्रहरी घटना स्थल पुगे पछि स्थानीय र प्रहरी दुबैले उद्धार गरिरहेका छन । 

घटनाका बारेमा विस्तृत विवरण आइसकेको छैन । स्थानीय केशब कार्कीका अनुसार घाइतेको उद्धार गर्ने क्रम जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्