काठमाडौं- सुनिल छिदालको पहिलो आधुनिक गीत ‘मेरो सपना’ सार्वजनिक भएको छ । गायक तथा संगीतकार कर्ण सन्ज्यालको शब्द तथा संगीत रहेको गीतलाइ तरंग डिजिटल रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।
उक्त गीत अहिलेसम्म २ लाख ९ हजार २३७ पटक हेरिएको छ । गीतमा गायक जय देवकोटा र टिना श्रेष्ठको अभिनय रहेको छ ।
भारतमा सेक्युरिटी गार्डकोरुपमा काम गर्दै आएका सुनिलले आफ्नो फेसबुकमा गीत गाएर राखेपछी उनी एकाएक सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
उनको फेसबुकमा राखेको गीत र स्वर सुनिसकेपछी गायक तथा संगीतकार कर्ण सन्ज्यालले गायक देवकोटा स्टुडियो परिवारसंगको सल्लाह बमोजिम मेरो सपना नामक गीत रेकर्डको व्यवस्था गरेका हुन् ।
निर्देशन रोजल थापाले निर्देशन गरेका हुन् भने क्यामरा करन चैसिरले चलाएका हुन् ।
https://youtu.be/1NkqqqVlFFI?t=1