
काठमाडौं – भारतीय कांग्रेस नेता शशी थरूरले आगामी आमनिर्वाचनमा भारतीय जनता पार्टीले जितेमा भारत ‘हिन्दू पाकिस्तान’ बन्ने बताएका छन् । भारतीय संविधानमा परिवर्तन गरेर देशलाई हिन्दूराष्ट्र बनाउने सोच भाजपाको रहेको उनको भनाइ छ ।
तिरुवनन्तपुरमका कांग्रेस सांसद थरूरले भने, ‘भाजपा सरकार ठूलो परिवर्तनका लागि संविधान संशोधन गर्न चाहन्छ । यसका लागि ऊ लोकसभा र राज्यसभामा दुई तिहाइ बहुमत र आधी राज्यहरूमा बहुमत चाहन्छ । एनडीए सहयोगीका
साथ उससँग लोकसभामा दुई तिहाइ बहुमत छ । उससँग आधाभन्दा धेर राज्यमा बहुमत सरकार छ । राज्यसभामा मात्र उसको बहुमत नभएको हो । तर चार पाँच वर्षमा उसले राज्यसभामा पनि बहुमत ल्याउनेछ ।’
थरूरले थपे, ‘भाजपाले तीनैवटा शक्ति हासिल गरेमा अहिलेको संविधानलाई हटाएर नयाँ संविधान लेख्नेछ ।नयाँ संविधानमा भारतलाई हिन्दू राष्ट्र बनाइनेछ । अल्पसंख्यकका लागि समानताका अधिकारहरू हटाइनेछ । अनि भारत ‘हिन्दू
पाकिस्तान’ बन्नेछ ।’
एजेन्सी