०६ साउन २०८३, बुधबार

दक्षिण कोरियाले किम जोङ–नामको मृत्यु पुष्टि ग–यो, उत्तर कोरियाले नै हत्या गराएको आशंका

कात्तिक २०, २०७४
दक्षिण कोरियाले किम जोङ–नामको मृत्यु पुष्टि ग–यो, उत्तर कोरियाले नै हत्या गराएको आशंका
काठमाडौं, ४ फागुन — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका दाइ किम जोङ–नामको हत्या भएको दक्षिण कोरियाले पुष्टि गरेको छ । प्योङयाङको क्रूरताको यो एक उदाहरण भएको दक्षिण कोरियाको अनुमान छ ।


किम जोङ–नामलाई सोमवार मलेसियाको राजधानी क्वालालम्पुरमा विषमार्फत मारिएको थियो ।

हत्याको मकसद पुष्टि भएको छैन अनि आक्रमणकारीको पहिचान पनि भएको छैन ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति ह्वाङ क्यो–आह्नले यो घटनामा उत्तर कोरियाको संलग्नता पुष्टि भए उसको क्रूरता र अमानवीयता देखिने बताए ।

क्वालालम्पुरबाट मकाउ जान लागेको बेलामा विमानस्थलमा किमलाई रासायनिक आक्रमण भएको थियो ।

बीबीसीबाट

कमेन्ट गर्नुहोस्