१० असार २०८३, बुधबार

यी व्यक्तिले खुर्सानीको तलाउमा पौडी खेले, एक मिनेटमा ५० खुर्सानी खाए (भिडियो)

यी व्यक्तिले खुर्सानीको तलाउमा पौडी खेले, एक मिनेटमा ५० खुर्सानी खाए (भिडियो)

काठमाडौं – दक्षिण चीनको हुनान प्रान्तमा वार्षिक रूपमा खुर्सानी प्रतियोगिता मनाइने गरेको छ । प्रतियोगितामा खुर्सानी खानुपर्छ अनि खुर्सानीको तलाउमा नुहाउनुपर्छ । 

एक व्यक्तिले तलाउमा नुहाए अनि एक मिनेटमा ५० वटा खुर्सानी खाइदिए । 

उनलाई पुरस्कारस्वरूप २४ क्यारेट सुनको तीन ग्रामको सिक्का दिइयो । 

प्रतियोगिताको फाइनलमा १० जना पुगेका थिए । तीमध्ये सबभन्दा छिटो ५० खुर्सानी खाने मानिसलाई विजेता घोषित गरियो । 

ताङ शुआइहुइ नामक व्यक्तिले पुरस्कार जित्नुबाहेक सबभन्दा छिटो पीरो खुर्सानी खाने कीर्तिमान पनि आफ्नो नाममा पारे ।

हुनानमा विगत दुई वर्षदेखि खुर्सानी प्रतियोगिता आयोजना गरिएको छ । यसको थिम लोकल पार्क राखिन्छ । प्रतियोगितामा जोखिम देखेर चिकित्सकहरूलाई पनि बोलाइन्छ । 

खुर्सानी खाने प्रतियोगितामा मानिसहरूलाई खुर्सानी र पानी भरिएको एउटा तलाउमा छिर्न लगाइन्छ । तलाउमा तीन टन खुर्सानी हालिन्छ । खुर्सानी पनि चीनको विशेष पीरो राख्ने गरिन्छ । तर प्रतियोगीहरूलाई छालाको समस्या नहोस् भनी विचार गरिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्