११ असार २०८३, बिहीबार

युएईमा यात्रुवाहक ड्रोन सेवा सञ्चालन हुने

कात्तिक २०, २०७४
युएईमा यात्रुवाहक ड्रोन सेवा सञ्चालन हुने
काठमाडौं, ४ फागुन — आउँदो जुलाई महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई) को राधानी दुबईमा यात्रुवाहक ड्रोनसेवा शुरु गरिने घोषणा गरिएको छ ।


चिनियाँ मोडेलको इहाङ १८४ ले परीक्षण उडान गरिसकेको म्याट अल–तायेरले बताए । उनी युएईका यातायातमन्त्री हुन् ।

ड्रोनमा सय किलो तौल भएको एकजना यात्रु बस्न सक्छ । यो आधी घण्टासम्म उड्न सक्छ ।

यात्रुले एउटा टचस्क्रीनमा छोएर गन्तव्य छनोट गर्न सक्छन् । विमानमा अरू कुनै स्विचहरू छैनन् ।

यो ड्रोन १६० किलोमिटर प्रतिघण्टाको गतिमा जान सक्छ अनि एकचोटि ब्याट्री चार्ज गरेपछि ५० किलोमिटर उड्न सक्छ ।

‘यो ड्रन मोडेल मात्र नभएर दुबईका आकाशमा यसको परीक्षण पनि गरिसकिएको छ,’ अल–तायेरले बताए ।

सन् २०१६ को जुन महिनामा अमेरिकाको नेभादामा पनि यस्तै यन्त्रको परीक्षण उडानको अनुमति दिइएको थियो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्