काठमाडौं, ४ फागुन — प्रायः व्यक्तिहरू आफ्नो जीवनको, स्वास्थ्यको, अनि सम्पत्तिको बीमा गराउँछन् । तर केही अचम्मका बीमा पनि हुन्छन् । आवाजको बीमा, मुस्कानको बीमा अनि शरीरको अंगको पनि बीमा हुन्छ ।

बेट्टी डेभिसले आफ्नो कम्मरको बीमा गराएकी छन् भने जुलिया रोबर्ट्सले मुस्कानको । सानिया मिर्जा र विजेन्दर सिंह जस्ता खेलाडीले हातको बीमा गराएका छन् । लता मंगेशकरले पनि आफ्नो आवाजको बीमा गराएकी छन् ।
त्यस्तै रजनीकान्तले पनि आवाजको बीमा गराएका छन् ।
बलिउडमा तहल्का पिटिरहेकी सन्नी लियोनी पनि आफ्नो एक खास अंगको बीमा गराउन चाहन्छिन् । हुन त उनलाई आफ्नो सबै अंग प्यारो लाग्छ रे तर सबैभन्दा खास अंग अनुहार भएकाले उनी अनुहारकै बीमा गराउन चाहन्छिन् ।
एजेन्सीको सहयोगमा