काठमाडौं, ४ फागुन — भ्यालेन्टाइन्स डेमा एक पतिले आफ्नी पत्नीलाई प्रेम गर्ने बहानामा गालामा बेस्सरी टोकेर रगतै निकालेका छन् ।

भारतको उत्तर प्रदेशको टापा खुर्दनिवासी एक व्यक्तिले मंगलवार प्रेम देखाउने (लभबाइटको) निहुँमा होश गुमाएर गालाबाट रगतै आउनेगरी टोकिदिए ।
रगताम्मे भएकी पत्नी प्रहरी चौकीमा उजुरी लिएर पुगेकी थिइन् । प्रहरीले महिलालाई उपचारका लागि अस्पताल पठाएर घटनाको जाँच गरिरहेको छ ।
पतिले बेस्सरी टोकपछि पत्नीलाई बेस्सरी दुखेर चिच्याउन थालिन् । त्यसपछि पति आत्तिए । उनले पत्नीलाई मनाउने धेरै कोशिश गरे तर पत्नीको स्थिति नाजुक थियो ।
आफूलाई पीडा दिने पतिको कुरा नसुनेर उनले प्रहरीकहाँ उजुरी दर्ता गरिन् । प्रहरीले यसमा अनुसन्धान गरिरहेको छ ।
एजेन्सीको सहयोगमा