१२ असार २०८३, शुक्रबार

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका  एक्लिँदै

असार ३०, २०७५
इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका  एक्लिँदै

तेहरान–इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताउनुभएको छ । 
रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को प्रतिवाद गरी अघि बढ्ने बताउनुभयो । 
“इस्लामिक गणतन्त्र इरानले रोजेको प्रतिरोधको बाटोलाई दृढतापूर्वक निरन्तरता दिनेछ,” रौहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा भन्नुभयो । 
“हरेक पटक हामी षड्यन्त्रलाई चिर्न सफल भएका छाँै र यसमा इरानी जनता तथा सरकार एकताबद्ध छन् ।” 
गत मे महिनामा सहयोगी मुलुकहरूको आग्रहमा अमेरिकाले तेहरान र विश्व शक्ति राष्ट्रसँग गरेको सहमतिबाट फिर्ता हुने निर्णय गरेको थियो । यससँगै अमेरिकाले इरानमाथि पुन आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो । नाकाबन्दीसँगै कैयौँ बहुराष्ट्रिय फर्म तथा कम्पनीलाई इरानसँग कारोबार रोक्नसमेत भनिएको थियो । 
“नाकाबन्दीका बिषयमा संयुक्त राज्य अमेरिका झन्भन्दा झन् एक्लिएको छ, ” उहाँले भन्नुभयो । 
अमेरिकाको गैरकानूनी तर्कमा कुनै पनि अन्तर्राष्ट्रिय संघसंस्थाले समर्थन जनाउने छैनन् । 
सम्झौताबाट फर्किने र नाकाबन्दी लगाउने ट्रम्पको घोषणासँगै इरानमाथि खासगरी इरानी मुद्रामा भने समस्या चुलिन थालेको छ । विगत नौ महिनामा इरानी रियलको मूल्य डलरसँगको तुलनामा झण्डै ५० प्रतिशतले अवमूल्यन भएको छ । 
कैयौँ आयातकर्ता तथा निर्यातकर्ताहरूले विदेशी मुलुकसँग ब्यापार गर्न आफूसँग डलरको अभाव भएको बताउँदै आएका छन् । 
तर रौहानीले आफ्ना सम्बोधनहरूमा सामान आयात तथा निर्यातका लागि चाहिने आवश्यक मुद्राको सुनिश्चितता गर्ने बताउने गर्नुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्