१६ असार २०८३, मंगलबार

सगरमाथा क्षेत्रमा दोब्बर पर्यटक

कात्तिक २०, २०७४
सगरमाथा क्षेत्रमा दोब्बर पर्यटक
सोलुखुम्बु, २८ मङ्सिर । पछिल्लो समय सगरमाथा क्षेत्रमा पर्यटक आगमन बढेको छ । पर्यटकको भीड लाग्ने शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

भूकम्प तथा नाकाबन्दीका कारण अघिल्लो वर्ष पर्यटक नआउँदा थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायमा यस वर्ष सुधार आएको छ ।

गत वर्ष सेप्टेम्बरमा एक हजार ५ सय ७४ जना, अक्टोबरमा पाँच हजार २ सय १२ र नोभेम्बरमा तीन हजार ७ सय ७९ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।

यस वर्ष उक्त समयमा १९ हजार ४ सय १७ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी जयराम न्यौपानेका अनुसार यस वर्षको सेप्टेम्बरमा ३ हजार १ सय ३० जना, अक्टोबरमा १० हजार १३ र नोभेम्बरमा ६ हजार २ सय ७४ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

सगरमाथा क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर तथा मार्चदेखि मेसम्ममा पर्यटक दृष्यावलोकन तथा हिमाल आरोहणका लागि आउने गरेका छन् । छ महिना व्यवसाय सञ्चालन तथा बाँकी छ महिना बन्द रहने सगरमाथा क्षेत्रका व्यवसायी यस वर्ष पर्यटक आगमनमा भएको सुधारसँगै उत्साहित बनेका नाम्चेका होटल व्यवसायी कर्मा शेर्पाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्