१० असार २०८३, बुधबार

भारतमा आतंकवादले भन्दा सडकका खाल्डाखुल्डीले लिन्छन् धेर ज्यान

भारतमा आतंकवादले भन्दा सडकका खाल्डाखुल्डीले लिन्छन् धेर ज्यान

काठमाडौं – भारतका सडकमा खाल्डाखुल्डीहरू ज्यानमारा बन्न थालेका छन् । अघिल्लो वर्ष यी खाल्डाखुल्डीले ३५ सय ९७ मानिसको ज्यान लियो ।

यसको अर्थ भारतमा खाल्डाखुल्डीका कारण दिनको औसत १० जनाको मृत्यु हुने गरेको छ । सन् २०१६ को तुलनामा यो ५० प्रतिशत बढी हो । 

सन् २०१७ मा महाराष्ट्रमा सबभन्दा धेरै ७२६ मानिस खाल्डैका कारण मरे । सडक दुर्घटनाका कारण ज्यान र सामानको भारी क्षति भएपनि भारत सडक सुरक्षामा गम्भीर देखिँदैन । 

सन् २०१७ मा भारतमा आतंकवादी घटनामा ८०३ जनाको ज्यान गयो । आतंकवादी, सुरक्षाकर्मी र आम नागरिकको आँकडा यसमा समावेश छ । 

सडकमा खाल्डाखुल्डीका कारण भएका मृत्युले भ्रष्टाचारसम्बन्धी बहस जन्माएको छ । स्थानीय निकाय र सडकको क्षेत्रमा काम गर्ने निकायमा भ्रष्टाचार यसको प्रमुख कारण हो । यसबाहेक यातायात नियम पालन नगर्ने मानिसहरूको बानी
अनि दुईपांग्रे गाडी चलाउनेहरूले हेल्मेट नलगाउने चलन पनि मृत्युका प्रमुख कारण हुन् । 

उत्तर प्रदेशमा भत्केका सडकका कारण हुने दुर्घटनाको संख्या सबभन्दा धेरै छ । त्यसपछि हरियाणा र गुजरातमा धेर दुर्घटना हुन्छन् । 

दुर्घटनाका लागि जिम्मेवार अधिकारीहरूमाथि मानिसको हत्यासम्बन्धी आपराधिक मुद्दा दर्ता गर्नुपर्ने रोड सेफ्टी एक्सपर्ट रोहित बलुजा बताउँछन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्