१४ असार २०८३, आइतबार

अब फेसबूकमा पोस्ट गरेका भिडियो टिभीमा हेर्न पाइने, युट्युबसँग प्रतिस्पर्धा

कात्तिक २०, २०७४
अब फेसबूकमा पोस्ट गरेका भिडियो टिभीमा हेर्न पाइने, युट्युबसँग प्रतिस्पर्धा
काठमाडौं, ४ फागुन — फेसबूकले आफ्ना युजरहरूले धेरैभन्दा धेरै भिडियो अपलोड गरून् र हेरून् भन्ने इच्छा राखेको छ । यसका लागि उसले यी भिडियोहरूको डिस्प्ले र डिस्ट्रिब्युसनमा केही परिवर्तन ल्याउने सोच बनाएको छ ।


फेसबूकका ड्यान रोजले एप्पल टिभी, अमेजन फायर टिभी र सामसङ स्मार्ट टिभीका लागि एपहरू निकाल्ने भएको छ ।

फेसबूकले टिभीमा स्ट्रिमिङ गर्ने क्षमता हासिल गर्नु भनेको युजरहरूलाई अझै बढी भिडियो पोस्ट गर्नका लागि फकाउनु हो । रोजका अनुसार न्युज फीडमा अटोप्ले भिडियो फीडको शुरुवातसँगै त्यसलाई अघि बढाइएको छ
अनि फेसबूक लाइभ र इन्स्टाग्राम भिडियोसँगै त्यसको विस्तार गरिएको छ ।

अब भिडियो डिस्प्लेमा केही परिवर्तन आउने भएका छन् । पहिलो, भिडियोहरूले आफ्ना डिभाइसका अडियो सेटिङ फलो गर्ने भएका छन् । यसको मतलब तपाईंको डिभाइसको साउन्ड अन छ भने अडियो आफैं बज्छ ।

दोस्रो, फेसबूकले भर्टिकल भिडियोलाई क्रप गर्ने छैन अनि अहिलेको स्न्यापच्याट जस्तो देखिनेछ ।

तेस्रो, युजरहरूले भिडियो हेर्दाहेर्दै फीडको एक साइडमा तानेर राख्न सक्छन् अनि भिडियो चलिरहँदा न्युज फीडमा स्क्रोल गरिरहन पाउँछन् ।

तर ठूलो समाचार भनेको चाहिँ फेसबूकले स्ट्रिमिङ एपहरू ल्याउनु नै हो । यसो गर्दा युजरहरूले आफ्नो फेसबूक भिडियो टिभीबाट हेर्न पाउने भएका छन् ।

फेसबूकको यो विकाससँगै उसको प्रतिस्पर्धा युट्युबबाट हुनेछ । भिडियो बनाउनेहरूले सब्स्क्राइबर बढाएर पैसा कमाउने मौका पाउनेछन् । कलाकारले पाइरेसीविरुद्ध लड्न पनि सक्नेछन् ।

टेकक्रन्चबाट

salt training

कमेन्ट गर्नुहोस्